काठमाडौं - चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकामा समूदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिएको छ। सुरुमा चार जनालाई संक्रमण पुष्टि भएसँगै नाम्खा गाउँपालिकाका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रामा र शिक्षक तथा कर्मचारीलाई कोरोना पुष्टि भएसँगै कोरोना समूदायमा फैलिएको पुष्टि भएको हो।
नाम्खाको वडा नम्बर ४ को हरेक गाउँमा कोरोना भाइरसको संक्रमित रहेको बताइएको छ। सोमबारसम्म ५३ जना सङ्क्रमित रहेको नाम्खामा मङ्गलबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा थप तीन जनामा संक्रमण देखिएको हो। गाउँपालिकाले आवतजावत बन्द गर्दै सिल गरेको भए पनि सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको स्थानीयले बताएका छन्। नाम्खा चीनले सीमा मिचेर भवन बनाएको नेपाली भूमि पनि हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।