बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

विश्व स्वास्थ्य संगठनको अर्काे चेतावनी- खोपले कोरोना माहामारी नरोकिने

विश्व स्वास्थ्य संगठनको अर्काे चेतावनी- खोपले कोरोना माहामारी नरोकिने

  • मिडिया डबली
  • सोमवार, मंसिर १ २०७७

  • 6.5K
    SHARES

  • विश्व स्वास्थ्य संगठनको अर्काे चेतावनी- खोपले कोरोना माहामारी नरोकिने

    विश्वमा कोरोनाभाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, “खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।” 

    विश्व स्वास्थ्य संगठनको  शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा संक्रमण पुष्टि भएको र यस पहिलेको संक्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रबार तोडिएको हो ।

    टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा  स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताउनुभयो । यसबाट संक्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

    यसले कोभिड–१९ संक्रमण दरलाई अझै प्रभाबकारीरूपमा नियन्त्रण गर्न कठिनाई हुनसक्छ । अनुगमन र परीक्षण अझै बढाउँदै विरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend