बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना संक्रमित मेयर मास्क नलाएर खुलेआम डुल्दै

कोरोना संक्रमित मेयर मास्क नलाएर खुलेआम डुल्दै

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २७ २०७७

  • 5.2K
    SHARES

  • कोरोना संक्रमित मेयर मास्क नलाएर खुलेआम डुल्दै

    कपिलवस्तु- कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह मास्क नलगाई अनुगमनमा निस्किएका छन्। मेयर सिंह तीन दिनअघि सहरी विकास तथा भवन कार्यालय संघीय कार्य योजना कार्यान्वयन इकाई भैरहवाको ठेक्कामा निर्माणाधीन चक्रपथको अनुगमनमा निस्किएका हुन्। 

    मेयर सिंहलाई कार्तिक ५ गते सङ्क्रमण भएको पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेका उनको दोस्रो र तेस्रो पटक गरेको पिसिआरसमेत पोजेटिभ आएको छ।

    मेयर सिंहसँगै कार्यालयका इन्जिनियर ध्रुव पौडेल, सन्तोष यादव, निर्माण कम्पनीका साइट इन्चार्ज इन्जिनियर सुजन पन्त, प्राविधिक, पत्रकारसमेत अनुगमनमा पुगेका थिए। 

    ठेकेदारले सडक निर्माण गर्दा लापरबाही गरेको समाचार प्रकाशन भएपछि मेयर टिम लिएर अनुगमनमा निस्किएका थिए। अनुगमनका क्रममा मेयरबाहेक सबैले मास्क लगाएका थिए।

    यसअघि पनि उनले तौलिहवाको भिच्छु चोकमा चिया खाँदै स्थानीयसँग गफ गर्दै बसेका थिए। स्थानीयले गुनासो गरेपछि उनी खुलेआम डुल्न छाडेका थिए।

    कपिलवस्तु नगरपालिकामा कार्यरत १८ जनामा कोरोना देखिएको थियो। कार्यालयमा कोरोना देखिएपछि कार्तिक २१ गतेसम्म नगरपालिकाबाट अति आवश्यकबाहेक सेवा बन्द गरिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend