आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

वामदेव गौतमविरुद्धको रिटको सुनुवाइ आज

वामदेव गौतमविरुद्धको रिटको सुनुवाइ आज

  • मिडिया डबली
  • बुधवार, कार्तिक २६ २०७७

  • 4.7K
    SHARES

  • वामदेव गौतमविरुद्धको रिटको सुनुवाइ आज

    काठमाडौं - नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेको निर्णय बदर गरी उनलाई मन्त्री नबनाइयोस् भनी सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित तीनजनाले गौतमविरुद्ध अदालतमा रिट दायर गरेका थिए । असोजमै गौतमविरुद्धको सुनुवाइ रोकिएको थियो । सर्वोच्चका १७ न्यायाधीश होम आइसोलेसनमा बसेपछि गौतमविरुद्धको पेसी सर्दै आएको थियो ।

    नेकपामा विवाद उत्कर्षमा पुगेका बेला गौतमविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले सुनु्वाइ गर्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वले सुनुवाइ गर्दै छ ।

    यदि सर्वोच्चले उनलाई सांसद मनोनीत गर्न नमिल्ने आदेश सुनाएमा गौतमको पद जान्छ । यदि सांसद बनाउन कानुन उल्लंघन नभएको आदेश आएमा उनी मन्त्रीसमेत बन्न पाउनेछन् ।

    नेता गौतमले भने प्रधानमन्त्री केपी ओलीकै चासोका कारण आफ्नो मुद्दामा ढिलाइ हुँदै गएको निष्कर्ष निकालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend