यति बेला विश्वभर कोरोना भाइरसको माहामारी भयंकर रुपमा फैलिँदै गएको छ । यसैबीच विभिन्न अध्ययन अनुसन्धानले कोरोना भाइरसबाट संक्रमित भएका पाँचमध्ये एकजनालाई मानसिक समस्या देखिने जोखिम हुने गरेको देखाएको छ ।
मनोचिकित्सकहरुले ठूलो संख्याका मानिसहरुमा गरेको अध्ययनको नतिजा सार्वजनिक गर्दै सोमबार यस्तो बताएका हुन् । अध्ययनमा कोरोनाबाट संक्रमित भएका २० प्रतिशत मानिसहरुमा ९० दिनभित्र मानसिक असन्तुलनको समस्या देखिएको थियो ।
विशेष गरी धेरै मानिसहरुमा चिन्ता, अनिन्द्रा, डिप्रेसनजस्ता समस्याहरु देखिएका थिए । साथै शोधकर्ताहरुले उनीहरुलाई मतिष्कको रोग डिमेन्सिया हुने जोखिम पनि बढी हुने बताएका छन् ।
युनिभर्सिटी कलेज लण्डनका मनोचिकित्सा परामर्शदाता माइकल ब्लूमफिल्डले कुनै विशेष महामारीको कारण उत्पन्न मानसिक तनाव र संक्रमणको कारण परेको भौतिक असरको कारण पनि मानसिक समस्या देखिएको हुन सक्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।