बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा कोरोनाका संक्रमित किन यूवा यूवती धेरै भए ?

नेपालमा कोरोनाका संक्रमित किन यूवा यूवती धेरै भए ?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २१ २०७७

  • 5.4K
    SHARES

  • नेपालमा कोरोनाका संक्रमित किन यूवा यूवती धेरै भए ?

     काठमाडौं - प्रतिरोधात्मक क्षमता बलियो भएकालाई कोराना संक्रमण हतपती हुँदैन भनिन्छ । तर, नेपालको तथ्य फरक छ । यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा भएको छ । बिहीबारसम्म तिनको संख्या ५३ हजार २ सय ६९ पुगेको खबर आजको अन्नपूर्ण पोष्टमा छ।

    त्यस्तै, ३१ देखि ४० वर्ष उमेरका ४९ हजार ७ सय २४ संक्रमित छन् । ४१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका संक्रमित २९ हजार ९ सय ९२ छन् । यो तथ्यांकले मुख्यतः कामकाजमा निस्कने जनसंख्या बढी संक्रमित भएको देखाउँछ । बालबालिका र वृद्धवृद्धामा भने कम संक्रमण देखिएको छ । नेपालमा मात्र नभई अन्यत्र पनि प्रायः यस्तै छ ।

    ‘मैले अध्ययन गर्दा युवाहरू बढी संक्रमित भएको नेपालमा मात्रै होइन’, भाइरलोजिस्ट डा बाबुराम मरासिनी भन्छन्, ‘अन्य मुलुकमा पनि युवा नै बढी संक्रमित छन् ।’ डा मरासिनीका अनुसार युवा जनशक्ति कामका सिलसिलामा बाहिर बढी निस्किने भएकाले उनीहरू धेरै संक्रमित भएका हुन् ।

    अहिले कामकाजी युवा नै छन्’, उनी भन्छन्, ‘उनीहरू नै बढी बाहिर निस्किन्छन् । हाम्रा काम गर्ने ठाउँ प्रायः असुरक्षित छन् । यस्तोमा युवा न वृद्ध सबैलाई उत्तिकै जोखिम हुन्छ । भाइरसको लोड कम हुँदा खासै लक्षण नदेखिन सक्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend