सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

कात्तिक ३० सम्म अन्तर्राष्ट्रिय सीमा बन्द, पूरानै भाडादर कायम, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

कात्तिक ३० सम्म अन्तर्राष्ट्रिय सीमा बन्द, पूरानै भाडादर कायम, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 3.4K
    SHARES

  • कात्तिक ३० सम्म अन्तर्राष्ट्रिय सीमा बन्द, पूरानै भाडादर कायम, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं- कात्तिक ३० गते आइतबार मध्यरातसम्मका लागि अन्तर्राष्ट्रिय खुला सिमानामा आवागमन स्थगित गरिएको छ । मन्त्रिपरिषदको २६ गते सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    यो व्यवस्था विपरित आवतजावत गरेमा कानुन अनुसार कारबाही हुने सरकारका प्रवक्त एवं सञ्चारमन्त्री पार्वत गुरुङले बताए। तर, १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत  रहेको छ ।

    यस्तै छोटो, मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिट अनुसारको यात्रु क्षमता राख्‍न पाउने र चैत ११ गते अगाडिकै भाडादर कायम हुने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको मन्त्री गुरुङले बताए। 

    यस्तै मन्त्रिपरिषदको बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसाधनको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। 

    यसबाहेक ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। 

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २७ २०७९०८:११:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend