काठमाडौं- असोज १६ गते प्रस्तावित तीन जना प्रस्तावित राजदूतविरुद्ध संघीय संसदको संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।
उनीहरुविरुद्ध उजुरी दिन बुधबार बसेको सुनुवाई समितिको बैठकले १० दिनको समय दिएर सूचना प्रकाशित गरेको हो। उनीहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुसार कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।