बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नमुना प्रदेश, जहाँ कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्ने

नमुना प्रदेश, जहाँ कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्ने

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 4.1K
    SHARES

  • नमुना प्रदेश, जहाँ कोरोना संक्रमितको उपचार खर्च सरकारले नै बेहोर्ने

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए।

    ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, मन्त्री घिमिरेले भने, ‘अब पनि कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क नै हुन्छ। यसमा सबै ढुक्क हुनुहोस्।’

    उनका अनुसार प्रदेश सरकारले कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएकाले संक्रमितहरु निजीमा दौडनुपर्ने अवस्था छैन। कोरोना संक्रमण रोक्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ। ‘महामारीमा सबै लडेकै छौं। सबै आआफ्नो स्थानबाट संक्रमण नियन्त्रणमा लाग्नुपर्छ’, उनले भने, ‘सरकारको अभियानलाई साथ दिए मात्रै यो सफल हुन्छ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend