बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले गरे कमाल, कम्युनिस्टहरु जिल खाए !

कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले गरे कमाल, कम्युनिस्टहरु जिल खाए !

  • मिडिया डबली
  • सोमवार, कार्तिक ३ २०७७

  • 7.6K
    SHARES

  • कांग्रेसबाट निर्वाचित वडा अध्यक्षले गरे कमाल, कम्युनिस्टहरु जिल खाए !

    गोरखा- करिब ३ वर्षदेखि बन्द अवस्थामा रहेको गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटको मकैपुर आधारभुत विद्यालय पुन: सञ्चालनमा आएको छ । विद्यालय र वडाले विद्यालय पुन सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेको छ ।

    नेपाली कांग्रेसका वडाअध्यक्ष शरण श्रेष्ठको विशेष पहलमा सहयोगदाता एवं स्थानीयहरुको सहकार्यसँगै विद्यालय पुन: सञ्चालनमा आएको हो । यसरी कम्युनिस्ट सत्ताको सरकार भएका बेला कांग्रेसले प्रत्येक क्षेत्रमा उल्लेखनिय काम गर्दै गएको छ ।

    वडाअध्यक्ष श्रेष्ठसँगै, समाजसेवी गन्जबहादुर गुरुङ र भिमबहादुर गुरुङलगायतको विषेश पहलमा विद्यालय पुन: सञ्चालनका लागि विभिन्न क्षेत्रबाट धेरैले सहयोग गरेका थिए ।

    विद्यालय पुन निमार्णका लागि फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, काजि गुरुङ, अनिता गुरुङबाट २०÷२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग गरेका छन् ।

    त्यस्तै शहिदलखन गाउँपालिका वडा नम्बर ७ का स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङको विषेश पहलमा मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङले १०÷१० हजार रुपैयाँ, राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोसन श्रेष्ठले पाँच÷पाँच हजार, जितबहादुर गुरुङले ७ हजार र सबिता थापाले तीन हजार गरी ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    यसबाहेक वडा अध्यक्षको समन्वयमा जेजिस गोरखाका अध्यक्ष एवं व्यवशायी सम्राट फेन्सीका संचालक सुबास मल्लले पनि करिब २० हजार बराबरको पाँच थान राउण्ड टेवल सहयोग गरेका छन् ।

    यस्तै शहिदलखन गाउँपालिका ८ का वडा अध्यक्ष एवं रोटरी क्लव गोरखाका अध्यक्ष काशिनाथ अम्गाईको पहलमा बसन्तराज श्रेष्ठले २० थान र गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष इश्वरकाजी मास्केले १० थान प्लास्टिक कुर्सी सहयोग गरेका छन् ।

    विद्यालय सञ्चालनमा आएसँगै सहयोगदाताहरुलाई वडाले विशेष धन्यवाद एवं कृतज्ञता ज्ञापन गरेको छ । 

    केही दिनअघि अन्य संस्था एवं व्याक्तित्वहरुले समेत विद्यालयका लागि सहयोग प्रदान गरेका थिए । लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालको विषेश पहलमा विद्यालयलाई लायन्स क्लव अफ आँबुखैरनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।

    त्यस्तै गोरखा नगरपालिका ९ का सफल व्यवसायी एवं सुरेन हर्ट यातायात प्रालीका सञ्चालक सुरेन्द्र कुँवरले शैक्षिक सामग्री कापी, पेन्सी लगायतको सहयोग वितरण गरेका थिए ।

    गोरखा नगरपालिका ३ नारेश्वरका निर्माण ब्यवशायी तारा बहादुर खड्का र भिमसेन थापा गाउँपालिका ८ घर भई नेविसंघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले शैक्षिक सामग्री, गोरखा उधोग बाणिज्य महिला उधामी बिकास समितीले ३० सेट डेस्क, भेष बहादुर खड्काले स्वाथ्य सामाग्री सहयोग गरेका थिए ।

    सहयोगदाताको सुचि:

    gorkha1.jpg

    gorkha2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend