काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा चौतर्फी विकास भइरहेको अवस्था रहेको बताएका छन् । उनले देशमा चौतर्फी विकास भइरहेको तर, कोरोना भाइरसको माहामारीले रोकेको बताएका हुन् ।
आइतवार भएको दमक अस्पताल भवन शिलान्यास कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, 'हामीले चौतर्फी विकास गरिरहँदा हामीलाई कोभिड-१९ ले पछाडि धकेलिदियोु, हाम्रा विज्ञहरु खटिरहेका छन् यो चुनौतीविरुद्ध। अहिलेको संकटकाबीच देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ। देशका विभिन्न ठाउँमा विभिन्न शिलान्यास भइरहेका छन्। अनेक ठाउँमा भवन अस्पताल विद्यालय विश्वविद्यालय बनिरहेका छन्।'
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा बन्न लागेको अस्पताल भवनले झापासहित पू्र्वी नेपालका जनतालाई उपचार प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले अहिले सरकार जनताका आकांक्षा पूरा गर्न दृढताका साथ लागिरहेको दाबी गरे।
'यो अस्पताल जस्तै पूर्वाधारले जनताका आकांक्षा पूरा गर्ने कुरामा योगदान दिनेछ। नेपाल सरकार स्वास्थ्यका सन्दर्भमा सजग छ, नेपाल सरकार जनतालाई स्वस्थ राख्न चाहन्छ। निरोगी नेपाल हाम्रो लक्ष्य हो। जनतालाई निरोगी बनाउने काममा सरकार दत्तचित्त भएर लागेको छ।'
प्रधानमन्त्रीले आर्थिक समृद्धिका पक्षमा काम भइरहेको पनि बताए। 'बिनाआर्थिक उन्नति पेटमै भएको भ्रूणले पनि केही खान पाउँदैन। अहिले चौतर्फीरुपममा देश विकास भइरहेको छु, उनले भने, 'विभिन्न ढंगले देशको विकास भइरहेको छ। स्वास्थ्य शिक्षा आवास र पूर्वाधार विकासको काम भइरहेको छ।
उनले नेपालमा पटक पटक आइरहने विपत्ति समस्या बनाउने सुनाए। 'हामीकहाँ विपत्तिहरु आइ लाग्छन्, २०७२ सालमा भूकम्प गयो। अहिले विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्याल र निजी आवासहरू धमाधम बन्दैछन्', उनले भने, 'रानीपोखरी बनिसकेको छ। धरहरा निर्माण हुँदैछ, १६ तला ढलान भइसकेको छ। रानी पोखरीको केही दिनमा उद्घाटन हुँदैछ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।