काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले माओवादीहरु केपी ओलीको चरणमा लम्पसार भएको आरोप लगाएका छन्। आज आइतबार ट्वीटरमा लेख्दै भट्टराईले ओलीले संघीयताको मर्म र भावना अनुसार काम नगरे पनि हिजोका माओवादीहरु झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार परेको आरोप लगाएका छन्।
ओलीले प्रदेश सरकार संघ सरकारको युनिट जस्तो व्यवहार गरेको उनको आरोप छ। ‘ओली उवाच प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’ अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो,’ आइतबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती–गण्डकी–कर्णाली–लुम्बिनी प्रदेश बनिरहेछन्।’ ‘तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार’ उनले भनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।