बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतमा ८ लाख मात्रै कोरोना संक्रमित

भारतमा ८ लाख मात्रै कोरोना संक्रमित

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 3.4K
    SHARES

  • भारतमा ८ लाख मात्रै कोरोना संक्रमित

    भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ ।पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या अहिलेसम्मकै कम हो ।भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो, मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

    मन्त्रालयका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या सात लाख ९५ हजार ५३ रहेको छ ।ती मध्ये ६६ हजार भन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७४ लाख ३२ हजार ६८१ पुगेको छ ।

    भारतमा कोरोनाका कारण अहिलेसम्म कुल एक लाख १२ हजार ९९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ८३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार ५९५ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend