बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

जारी भयो निषेधाज्ञा : उल्लंघन गरे कडा कारबाही !

जारी भयो निषेधाज्ञा : उल्लंघन गरे कडा कारबाही !

  • मिडिया डबली
  • शनिवार, कार्तिक १ २०७७

  • 5.8K
    SHARES

  • जारी भयो निषेधाज्ञा : उल्लंघन गरे कडा कारबाही !
    फाइल तस्वीर

    काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरस समुदायस्तरमै फैलिन थालेपछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाउँदा स्थिति भयावह हुने भन्दै जिल्ला भर अनिश्चित कालका लागि निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

    सुनसरीका १२ वटै स्थानीय तहमा राजनीतिक दललाई कार्यक्रम गर्न नदिने, मन्दिर, मस्जिद, चर्च, गुम्बामा भेला भएर दशैँ तिहार तथा अन्य पर्वको शुभकामना आदानप्रदान, तथा उत्घाटन शिलन्यासका काम पनि प्रतिवन्ध लगाइएको प्रशासनले जनाएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकर्ता भेला गरेर पार्टी प्रवेश गर्दा धेरै संक्रमण फैलिएको प्रशासनको निष्कर्ष छ ।

    जिल्लाका १२ वटै स्थानीय सरकारको समन्वयमा प्रहरी परिचालन गरेर प्रतिबन्ध कडाइ गर्ने अनि उल्लंघन गर्नेलाई कडा कारवाही गरिने बताइएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा उग्लंघन गरे जो कसैलाई संक्रमण ऐन २०२० अनुसार कडा कारबाही हुनेछ।

    शुक्रबारबाट सुनसरीका धरान, इटहरी, इनरुवा, झुम्का, दुहबीलगायतका क्षेत्रमा प्रहरी परिचालन गरी सामूहिक भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ । नेपालीको महान चाड दशैं नजिकिँदै गर्दा मठमन्दिर शक्तिपिठमा सर्वसाधारण भेला भएर पूजापाठ गर्ने र बलिदिने कार्यले झन् संक्रमण बढ्ने भएकाले सामूहिक रुपमा पूजापाठ, भजन कीर्तन र बलि दिन समेत प्रतिबन्ध लगाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend