काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई अब एकसाता वा १५ दिनको लगातारको ड्युटीपछि दुई साता पुन क्वारेन्टाइनमा बस्न नपर्ने सुचना गराएको छ ।
अब कोभिड १९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीले लक्षण देखिएमा वा रिपोर्ट पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्नु पर्ने निर्देशन मन्त्रालयले दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमूख डाक्टर समिरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।