बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

कम्युनिस्ट मन्त्रीले गरेका निर्णय धमाधम बदर हुँदै, जनतासामु नमज्जाले नांगिदै !

कम्युनिस्ट मन्त्रीले गरेका निर्णय धमाधम बदर हुँदै, जनतासामु नमज्जाले नांगिदै !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 5.9K
    SHARES

  • कम्युनिस्ट मन्त्रीले गरेका निर्णय धमाधम बदर हुँदै, जनतासामु नमज्जाले नांगिदै !

    काठमाडौं - केपी ओली सरकारमा रहेका मन्त्रीहरूले गरेका निर्णय धमाधम बदर हुन थालेका छन् । केही दिनअघि मात्र तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका निर्णय बदर भएको थियो ।

    अर्थमन्त्री रहेका बेला खतिवडाले विद्युतीय कारमा कर बढाएका थिए । आफू निकट एक मारवाडी व्यापारीसँग मोटो रकम लिएर खतिवडाले बजेट भाषण गर्ने बेला कर बढाइदिएका थिए ।

    जुन निर्णयको चौतर्फी विवाद उत्पन्न गरेको थियो । जब उनी अर्थमन्त्रीबाट राजीनामा दिएर बाहिरए, एक साता नबित्दै सरकारले विद्युतीय कारमा लगाएको कर घटाएको छ । यसबाट खतिवडाले राम्रै पैसा असुलेको पुष्टि हुन्छ ।

    फेरि अहिले भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले गरेको मन्त्रीस्तरीय निर्णय पनि बदर भएको छ । कृषियोग्य जमिन कित्ताकाटसम्बन्धी अपरिपक्व र कानुनले नमिल्ने निर्णय गरेपछि भूमिसुधारमन्त्री अर्याल पछि हट्नुपरेको छ ।

    पटकपटक विवादमा पर्दै आएकी उनी पछिल्लोपटक कित्ताकाट खुलाउने निर्णयबाट पछि हट्नुपरेको हो । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्पष्टीकरण दिएपछि उनी पछि हटेकी हुन् ।

    समितिले उनले दिएको प्रशासनिक आदेश बदर गर्ने निर्णय गरिदिएको छ । उक्त कित्ताकाट खोलेको केही दिनमै निश्चित समयदेखि अड्किएका केही काम सेटिङमार्फत फत्ते भएकाले पछिल्लो पटक आफ्नो निर्णयबाट पछि हट्नुपरे पनि मन्त्री यसमा चिन्तित नभएको बताइएको छ ।

    यसबारे छलफल गर्न छलफल गर्न संसदीय समितिले मन्त्री अर्याल र मन्त्रालयका सचिवलाई बोलाएको थियो । हिजोको समिति बैठकमा नियमावली नबनाई जग्गाको कित्ताकाट गर्न दिएको भन्दै संसद्को प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भूमि व्यवस्था मन्त्रालयसँग चासो राखेको थियो ।

    समितिको शुक्रबार बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र सचिवसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । जग्गा कित्ताकाट सम्बन्धमा मन्त्री र सचिवसँग छलफल गर्ने भन्दै समितिले मंगलबारका लागि बैठक बोलाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend