काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमितको संख्या चार करोड नजिक पुगेको छ। कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ८९ हजार ४७ संक्रमितको मृत्यु भइसकेको छ । काेराेना विश्वका २१६ देशमा फैलिएकाे छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।