सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नयाँ मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे, प्रचण्ड के गर्लान् ?

नयाँ मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे, प्रचण्ड के गर्लान् ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 4.0K
    SHARES

  • नयाँ मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे, प्रचण्ड के गर्लान् ?

    काठमाडौं - आज बिहान ११ः३० बजे नयाँ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाने समय तय भएको छ। नयाँ मन्त्रीहरुले सपथ शितलनिवासमा सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले मिडियाडबलीलाई जानकारी दिए। ‘नयाँ मन्त्री बन्नु भएको माननीय ज्यूहरुले आज बिहान ११ः३० बजे सपथ लिने कार्यक्रम तय भएको छ,’ उनले भने।

    यता सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी ढंगबाट बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। मन्त्रिपरिषद् पूनर्गठन गर्दा ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन्। ओलीले यसपाली पनि महिला तथा वालवालिका मन्त्रालय भने पुरुषलाई नै जिम्मा दिएका छन्।

    यस अघि मन्त्री रहेका पार्वत गुरुङलाई सूचना संचारमा पठाएर पनि उनले कुनै महिला मन्त्री ल्याएनन् पुरुष नै ल्याए। अर्थमन्त्री बनेका पौडेललाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन्। यता प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता ईश्वर पोखरेलको जिम्मा रहेको रक्षामन्त्रायले भने खोसेर आफैँले राखेका छन्।

    पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। प्रचण्ड र माधव कुमार नेपाल पक्षले प्रधानमन्त्रीले एकलौटी ढंगबाट मन्त्रिपरिषद् विस्तार गरेको भन्दै आपत्ति जनाइसकेका छन्। उनीहरुले यसविषयमा तत्काल छलफल गर्न पनि भनेका छन्। केपी ओलीले पटक पटक मन्त्रिपरिषद विस्तारको विषयमा भनेर प्रचण्डलाई छलफलमा बोलाए पनि निष्कर्ष नहुँदै आफैँ निर्णय गरेर प्रचण्डलाई फेरी एक पटक थाङ्नामा सुताइदिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend