आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बाबुरामले उब्जाए काण्डैकाण्ड, नेकपा प्रवक्तालाई दनक 

बाबुरामले उब्जाए काण्डैकाण्ड, नेकपा प्रवक्तालाई दनक 

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 6.3K
    SHARES

  • बाबुरामले उब्जाए काण्डैकाण्ड, नेकपा प्रवक्तालाई दनक 

    काठमाडौं- बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको पुष्टि गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई नेकपा र नेपाली कांग्रेसले चुनौती दिएको छ ।

    यसबीच जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले अन्य काण्डहरुलाई समेत मुछ्दै छानबिन गर्न टिप्प्णी गरेका छन् ।

    आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी नेकपाले उक्त भ्रष्टाचारबारे पुष्टि गर्न लिखित धारणा सार्वजनिक गरेपछि नेता भट्टराईले जवाफ दिएका हुन् ।

    सामाजिक सज्जाल ट्युटरमार्फत नेता भट्टराईले जवाफ फर्काएका हुन्। उनले बुढी गण्डकी मात्रै नभएर एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यती, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन माग गरेका छन्। 

    यसबाहेक नेता भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाउँन भन्दै कडा दनक दिएका छन् ।

    'बूढीगण्डकी,एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग,यती,ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं,' उनले लेखेका छन्, 'सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ।'

    baburam.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend