सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड फेरी थाङ्नामा, एक जना पनि मन्त्री नियुक्त गर्न सकेनन्

प्रचण्ड फेरी थाङ्नामा, एक जना पनि मन्त्री नियुक्त गर्न सकेनन्

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 7.9K
    SHARES

  • प्रचण्ड फेरी थाङ्नामा, एक जना पनि मन्त्री नियुक्त गर्न सकेनन्

    काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पूनर्गठन गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त अर्थमन्त्रीमा नेकपाका महासचिव विष्णु पौडेललाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाइदिएका छन्।

    उनलाई मन्त्रालयको जिम्मेवारी खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। पोखरेल स्वास्थ्य सामाग्री खरिदको विषयमा सेनालाईसमेत विवादमा तान्ने मन्त्री हुन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्। त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ। श्रेष्ठ त्यो व्यक्ति हुन् जसले दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झण्डैले हराएका थिए।

    त्यती बेला प्रचण्ड सिराहा ५ बाट चुनाव लडेका थिए। यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ। कर्णालीमा झण्डै आफ्ना निकटका महेन्द्र बहादुर शाहीलाई मुख्यमन्त्रीबाट गुमाएका प्रचण्डले केन्द्रमा मन्त्रिपरिषद पुनर्गठन हुँदा अर्का अध्यक्ष ओलीले थाङ्नामै सुताइदिए। यतिसम्मकी दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी छलफल निष्कर्षमा नपुग्दै ओलीले पेलेरै आज पुनर्गठन गरिदिए।

    मन्त्रिपरिषद पुनर्गठनका विषयमा भनेर कयौँ पटक बालुवाटार धाइरहने प्रचण्डलाई यसपटक पनि हातमा लाग्यो शून्य भएको छ। अर्का अध्यक्ष ओलीले प्रचण्डलाई छक्काएरै छोडे। कर्णाली प्रदेशमा पनि तत्कालीन एमाले अर्थात केपी ओलीसँग असन्तुष्ट माधव नेपाल समूहले शरण नदिएको प्रचण्ड पत्तासाफ भइसक्थे। नेपाल समूहले तीन मन्त्री आफूले पाए मूख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने बताएपछि प्रचण्ड सहमत भए र शाहीको पद जोगाए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend