काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्रिहरु फेरबदल एवं थपघट गरेका छन् ।
यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाउँदै उक्त मन्त्रालय आफैंले जिम्मा लिएका छन्।
यसबाहेक प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन्।
त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन्। पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार तीनै जना मन्त्रीलाईनियुक्त गरेकी हुन्।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानअनुसार मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन ।
हेर्नुहोस् सुचि:

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।