सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बाबुराममाथि घोर संकट, नेकपाले जारी गर्याे यस्तो विज्ञप्ती

बाबुराममाथि घोर संकट, नेकपाले जारी गर्याे यस्तो विज्ञप्ती

  • मिडिया डबली
  • बुधवार, आश्विन २८ २०७७

  • 23.7K
    SHARES

  • बाबुराममाथि घोर संकट, नेकपाले जारी गर्याे यस्तो विज्ञप्ती

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनमा ९ अर्ब भ्रष्टाचार गरेको बताएका बाबुराम भट्टराईमाथि नेकपाले प्रहार गरेको छ ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ती जारी गर्दै जनता समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई उक्त भ्रष्टारचार गरेको पुष्टि गर्न भन्दै चुनौतिपूर्ण प्रहार गरेसँगै नेता भट्टराई संकटमा परेका हुन् ।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकीमा नौ अर्बको भ्रष्टाचार गरेको प्रमाण आफूसँग रहेको नेता भट्टराईले बताएका थिए ।

    गत बिहीबार गोरखामा एक कार्यक्रममा सार्वजनिक रुपमैउनले यस्तो भनेका थिए ।

    विज्ञप्ती जारी गर्दै नेकपाले बूढीगण्डकी परियोजनामा अर्बौ रकम घुस लिएको भनी सार्वजनिक रुपमा प्रकट गरेको अभिव्यक्ति बिलकुल आधारहीन, झूट, गलत, कपोकल्पित एवं दुरासयपूर्ण रहेकाले घोर भत्सर्ना गरेको जनाएको छ ।

    विज्ञप्तीमा श्रेष्ठले भनेका छन्, 'हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं ।' 

    यसअघि असोज २५ गते नेपाली कांग्रेसले समेत विज्ञप्ती जारी गर्दै पार्र्टी सभापति देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चुनौती दिइसकेको छ ।

    यस्तो छ विज्ञप्ती:

    nekapa_letter_7e6urnquOE.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend