काठमाडौं - दसैंअघि नै मन्त्री बन्ने वामदेव गौतमको सपनामा तुषरापात भएको छ । गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ स्थगित हुँदै गएपछि उनी निराश बनेका छन् ।
विभिन्न रस्साकस्सीपछि गौतम राष्ट्रिय सभा सदस्य मनोनीत हुन सफल भएका थिए । तर, गौतमलाई सांसद मनोनीत गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट निवेदन परेपछि उनको मन्त्री बन्ने यात्रामा रोक लागेको छ ।
सर्वोच्चका १७ जना न्यायाधीश होम आइसोलेसनमा बसेकाले बुधबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । कात्तिक सुरुदेखि दसैंको बिदा हुने भएकाले अब गौतमविरुद्धको मुद्दाको सुनुवाइ दसैंपछि हुने बताइएको छ ।
सांसद बनेलगत्तै गौतम मन्त्री बन्ने अभियानमा थिए । तर, सर्वोच्चले गौतमलाई तत्काल मन्त्रीको जिम्मेवारी नदिनु भन्ने अन्तरिम आदेश दिइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।