काठमाडौं- कोरोना भाइरस एन्टिजेन परीक्षण अब १ हजार रूपैयाँमा हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वीकृति दिएका प्रयोगशालाले मात्र कोरोना भाइरस एन्टिजेन परीक्षण गर्न पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसबाहेक नेशनल टेष्टिङ् गाइडलाइन चौथो संशोधनमा एन्टिजेन परीक्षणको मापदण्ड थप समेत राखिएको हो । एफडीए, यूएए मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागले स्वीकृत भएका किट मात्र प्रयोग गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गर्न पाउने उनले जानकारी दिए ।
कोरोना संक्रमण भए(नभएको थाहा पाउन गरिने एन्टिजेन परीक्षणको शुल्क एक हजार तोकिएको उनले बताए । उनका अनुसार यो शुल्क समय अनुसार परिवर्तन गरिनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।