काठमाडौं- कोरोना भाइरसको माहामारीका कारण यो शैक्षिक शत्रमा परीक्षाभन्दा मूल्याङ्कन गरेर कक्षोन्नति गरिने भएको छ ।
कोभिड–१९ को माहामारीका कारण वैकल्पिक माध्यमबाट सिकिरहेका विद्यालय तहका विद्यार्थीलाई सिकाइ सहजीकरण निर्देशिका र पाठ्यवस्तु समायोजन ढाँचाले मूल्याङ्कनलाई नै जोड दिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थी स्पष्ट पारेका हुन् ।
शिक्षा पत्रकार समूहको नियमित छलफल कार्यक्रम शिक्षाबारका लागि सोमबार आयोजित ‘वैकल्पिक सिकाइ मूल्याङ्कनका आधार र तयारी’ विषयक भर्चुअल अन्तक्र्रियामा भट्टराईले भने, ‘यो वर्ष पढाएर परीक्षा लिने होइन, सिकाएर विद्यार्थीको मूल्याङ्कन गर्ने हो । त्यसैका आधारमा विद्यार्थीलाई कक्षान्नोति गर्ने हो ।’
अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत् वैकल्पिक विधिबाट सिकिरहेका विद्यार्थीको मूल्याङ्कन के कसरी गर्ने भन्ने अन्यौल विद्यालयहरुमा रहिरहेको अवस्थामा निर्देशक भट्टराईले यसबारे थप स्पष्ट पारेका हुन् । उनले शिक्षकहरुलाई तीनघण्टे परीक्षामा नअल्मलिन आग्रह गर्दै वैकल्पिक माध्यमबाट सिकेका विद्यार्थीलाई ५० भन्दा बढी तरिका अपनाएर मूल्याङ्कन गर्ने विधि पाठ्यवस्तु समायोजन ढाँचामा दिइएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।