काठमाडौं- चचीर्त भारतीय कलाकारहरु मिडियाविरुद्ध अदालतमा उभिएका छन् । यसअघि अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडका चर्चित नामविरुद्ध समाजिक सञ्जाल र मेनस्ट्रिम मिडियामा ठूलो प्रचार भएको थियो ।
मुख्यरुपमा लागू औषधमाथि अनुसन्धान हुन थालेसँगै थुप्रै कलाकारहरु अदालतमा पुगेका थिए । यसरी एकतर्फी रुपमा खेदाइ भएको भन्दै चौतिस फिल्मकर्मीहरुले केही सञ्चार माध्यमविरुद्ध दिल्ली हाइकोर्टमा सार्वजनिक निवेदन दिएका हुन् ।
अर्णब गोस्वामीको रिपब्लिक टिभिसहित टाइम्स नाउसम्मले प्रशारण गरेका सामाग्रीहरु अपमानजनक र समाजमा हेट स्पिच पैदा गर्ने भएको जिकीर गर्दै उनीहरुले १२ अक्टुबरमा दिल्ली हाइकोर्टमा सिभिल केस दर्ता गराएका हुन्।
यसरी अदालत पुग्नेमा शाहरुख खानको रेड चिल्लिज, सलमान खान फिल्म्स, आमिर खान प्रोडक्सन, अजय देवगन फिल्म्स, करण जोहरको धर्मा प्रोडक्सन र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्टलगायत छन्। उनीहरुको सामुहिक याचिकामा बलिउडकर्मीविरुद्ध षड्यन्त्र गरिएको र गलत प्रचार गर्दै ड्रग्सदेखि नराम्रा कामसम्मको आपत्तीजनक टिप्पणी भएको जिकीर गरिएको छ।
उनीहरुको निवेदनमा संचार माध्यमले आफ्ना यी टिप्पणी फिर्ता लिनुका साथै माफी पनि माग्नुपर्ने र आइन्दा प्रकाशन र प्रशारण नगर्नू भनी आदेश जारी हुनुपर्ने जिकीर गरिएको छ। उनीहरुले आफूहरुमाथि मिडिया ट्रायल भइरहेकाले यो रोक्नुपर्ने जिकीर गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।