काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि अब कडाइ गर्ने भएको छ । यसबीच
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले दशैँसहितका चाडमा हुने आवतजावतलाई सकेसम्म कम गर्न नयाँ निर्णय लिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अब, दशेंमा घर जानुअघि र पुगेपछि ७ दिन क्वारेन्टिन बस्नुपर्ने छ । स्वास्थ्यमन्त्रालयका प्रवकता डा. जागेश्वर गौतमले भनेकाछन्, 'यो वर्ष चाडपर्व मनाउने र व्यापार व्यवसाय गर्ने हुँदै होइन। त्यसैले हामी जो जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ त्यस्तो अवस्थामा मनाऊँु, गौतमले भने, ुयदि लामो यात्रा गर्ने योजनामा छौं भने आफू र परिवारका सदस्य सात दिन पूर्णतया एकान्तबास (क्वारेन्टाइन) बसौं। कुनै लक्षण र चिन्ह छैनन् भने मात्रै यात्रामा जाने गरौं। लक्षण वा चिन्ह देखिए यात्रा गर्दै नगरौं।'
सरकारले लामो यात्राबाट गन्तव्यमा पुगिसकेपछि पनि सात दिन एकान्तबास (क्वारेन्टाइन) मा बस्नुपर्ने बताएको छ। प्रवक्ता गौतमले अब यात्राबाट गन्तव्यमा पुगेपछि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने बताएका हुन् । उनले भने, 'यात्राबाट गन्तव्यमा पुगेपछि पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छु,कोरोना फैलिन नदिन यो नियमलाई सबैले पालना गर्नैपर्छ। त्यही अनुसार हामी सम्बन्धित निकायमा पत्राचार पनि गर्दैछौं।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।