आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसले चुनौती दिए पछि बाबुरामले भने – छानविन गरौँ

कांग्रेसले चुनौती दिए पछि बाबुरामले भने – छानविन गरौँ

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 5.3K
    SHARES

  • कांग्रेसले चुनौती दिए पछि बाबुरामले भने – छानविन गरौँ

    काठमाडौं - बूढी गण्डकी जलाशय आयोजनामा कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर नौ अर्व भ्रष्टाचार गरेको आरोप लगाएका बाबुरामलाई कांग्रेसले प्रमाण पेश गर्न चुनौती दियो। आइतबार विज्ञप्ती जारी गरी कांग्रेसले चुनौती दिएपछि भट्टराईले ट्वीटरम लेखेर बूढी गण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका हुन्।

    उनले पछिल्ला सरकारले कमिसनखोरहरुको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र पारेको भन्दै छानविनको माग गरेका छन्। ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैँले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढी गण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरुको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु’ उनले ट्वीट गर्दै भनेका छन्।

    भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए।

    उक्त खबर बाहिरिएपछि कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो। प्रवक्ता विश्वप्रकाश शर्माले देउवामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। भट्टराईले बूढीगण्डकीमा ९ अर्ब बाँडेर खाएको र त्यसको प्रमाण चाहिए दिन आफू तयार रहेको गोरखामा बताएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend