सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

पूर्व माओवादी सिध्याउन पूर्व एमाले नै सक्रिय, ठुलो दुर्घटना हुने संकेत !

पूर्व माओवादी सिध्याउन पूर्व एमाले नै सक्रिय, ठुलो दुर्घटना हुने संकेत !

  • मिडिया डबली
  • आइतवार, आश्विन २५ २०७७

  • 12.9K
    SHARES

  • पूर्व माओवादी सिध्याउन पूर्व एमाले नै सक्रिय, ठुलो दुर्घटना हुने संकेत !

    काठमाडौं - पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपा ठूलो दुर्घटनामा फँस्ने संकेट देखा परेको छ। कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पूर्व एमालेका सांसदहरु सक्रिय भएसँगै नेकपा फुटको संघारमै पुग्न लागेको संकेत देखिएको हो।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन्। केन्द्रमा ओली र प्रचण्डबीचको शक्ति संघर्षको लडाईँ प्रदेश सरकारमा पनि देखिएको हो। यस पनि अब नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शमौ ओली प्रचण्डलाई पेलेरै अघि बढ्ने अनुमान सजिलै लगाउन सकिन्छ।

    नेकपा फुटको संघकारबाट पुन मिलेको भनिए पनि ओलीले राजदूत सिफारिसमा एकलौटी गरेपछि विवाद चुलिएको छ। ओलीको उक्त कदमविरुद्ध पार्टीका नेताहरुले असन्तुष्ट जनाए पनि ओलीले बेवास्ता गरेर अघि बढिदिए। नेकपाको सचिवालयमा अल्पमतमा परेका ओलीले प्रचण्ड पक्षका नेताहरु तानेर पुन शक्तिशालि बन्ने ध्याउन्नमा छन्।

    त्यसैले उनले मन्त्रिमण्डल पुनर्गठन गर्दा पूर्व माओवादीबाट मन्त्री भएकाहरुलाई नहटाउने संकेत गरेका छन्। ओलीलाई घेर्न प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल सक्रिय छन् भने उपाध्यक्ष वामदेव गौतमलाई ओलीले भकुण्डो बनाएर नचाइरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend