काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रको लागि ६ बुँदे माग राखेर १९ औँ पटक बसेको अनसन अहिले विहान ९ः३० बजे अनसन तोड्ने भएका छन्।
चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका केसी र सरकारबीच सहमति भएसँगै उनले अनसन तोड्ने भएका हुन्। शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा।केसी पक्षका प्रतिनिधिबीच भएको वार्तामार्फत सहमति भएको हो ।
सरकार र डा।केसीबीच ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शनिबार राति सहमति भए पनि डा। केसीले आइतबार ९ः३० बजे मात्र सत्याग्रह तोड्ने सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।