काठमाडौ । चिकित्सा शिक्षा क्षेत्रको सुधारकोमा माग गर्दै १९ औँ अनसन बसिरहेको डाक्टर गोविन्द केसीले अनसन तोड्ने भएका छन्। सरकारी वार्ता टोली र डाक्टर केसीबीच ८ बुँदे सहमति भएसँगै उनले आज अनशन तोड्ने भएका हुन्।
उनले आज आइतबार २७ दिन लामो अनशन तोड्नेछन्। डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ। डोटी वा डडेल्डुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने, कोभिड १९ को पिसिआर परीक्षण विस्तार गर्ने, वयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने सहमति पनि सरकार र डा।केसीबीच भएको छ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।