काठमाडौं - घुससहित नेपाल प्रहरीका हवल्दार अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, नेपालगन्जले प्रहरी कार्यालय खजुराखुर्दमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाललाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
काठ स्थानान्तरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिने क्रममा नियन्त्रणमा लिइको आयोग नेपालगन्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए। उनलाई मानपुरस्थित कोल्ड स्टोरबाट घुस रकमसहित नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।