शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

मध्यरातको वार्ता निष्कर्ष बिहीन, आजदेखि डाक्टर केसीको पक्षमा देशभर कडा आन्दोलन

मध्यरातको वार्ता निष्कर्ष बिहीन, आजदेखि डाक्टर केसीको पक्षमा देशभर कडा आन्दोलन

  • मिडिया डबली
  • शनिवार, आश्विन २४ २०७७

  • 6.6K
    SHARES

  • मध्यरातको वार्ता निष्कर्ष बिहीन, आजदेखि डाक्टर केसीको पक्षमा देशभर कडा आन्दोलन

     काठमाडौं - शुक्रबार रातिसम्म भएको वार्तामा डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारी पक्ष अग्रसर नभएपछि विना निष्कर्ष टुंगिएको छ। सरकारी पक्षले डाक्टर केसीको माग पुरा गराउन कुनै चासो देखाएन। अब छलफल कहिले हुने कुनै टुंगो पनि छैन।

    बिहीबार सरकार पक्षले वार्ताका लागि एउटा मस्यौदा तयार गरेको थियो। शिक्षासचिव गोपी मैनालीले उक्त मस्यौदा तयार पारेका थिए। उक्त मस्यौदामा मन्त्री प्रधानमन्त्री कहाँ पुगेको उल्लेख भए पनि केपी ओलीले पनि यस विषयलाई गम्भिरतापूर्वक लिएको नपाइएको डाक्टर केसीका तर्फबाट वार्ता टोलीका संयोजक डाक्टर जीवन क्षेत्री बताउँछन्।

    डाक्टर केसीको जीवन रक्षा गर्न सरकारले कुनै चासो नदेखाएको उनको आरोप छ। क्षेत्रीले आजदेखि शशक्त आन्दोलन गर्ने पनि बताए। केसी २७ दिनदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्य अत्यन्तै गम्भीर छ। उनी विभिन्न छ बुँदे माग राख्दै सत्याग्रहमा बसेका थिए। क्षत्रीका अनुसार बिहीबार सरकार पक्षले केसीका माग पूरा गराउने बाचा गरी प्रधानमन्त्रीको तहबाट निष्कर्ष निकाल्ने बताएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०६:३७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend