शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
आजको विशेष

मध्यरातमा डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा वार्ता

मध्यरातमा डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा वार्ता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 4.9K
    SHARES

  • मध्यरातमा डाक्टर केसीका प्रतिनिधि र सरकारबीच सिंहदरबारमा वार्ता

     काठमाडौं - चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच अहिले वार्ता सुरु भएको छ। अहिले राती ९ः१५ बजेबाट सिंह दरबार स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई पक्षको वार्ता टोलीबीच छलफल सुरु भएको हो।

    डाक्टर केसीको वार्ता टोलीले राती ९ः४० बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। सरकार र आमरण अनसनरत डा. गोविन्द केसी दुवै पक्षको वार्ता टोलीबीच अन्तिम चरणको छलफल भइरहेको छ। दुवै टोलीबीच औपचारिक रुपमा सहमति भएपछि आज नै अनसन तोड्ने तयारी भएको हो। बिहीबार को छलफलमा डा. केसीको ६ बुँदे मागको चौथो बुँदामा सहमति हुन सकेको थिएन ।

    शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमति हुन पुगेको हो । डाक्टर केसी चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राख्दै शिक्षण अस्पतालमा २६ दिनदेखि अनशनरत छन्। स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

    शिक्षा सचिव गोपी मैनाली र डा। जीवन क्षेत्री नेतृत्वको वार्ता टोली सहमति नजिक पुगेसँगै डा. केसी आज नै अनसन ताड्न सक्ने देखिएको हो। डाक्टर केसीको वार्ता टोलीले अहिले जारी छलफलमा पनि सहमति नजुटे आगामी रणनीतिबारे ९ः४० मा हुने पत्रकार सम्मेलनमा जानकारी दिने बताएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०६:३७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend