काठमाडौं- नेपालमा कोरोना भाइरसबाट कुल संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । तर, पनि सरकारकाले परीक्षण दरमा उल्लेख्य वृद्धि गरेको छैन् ।
कोरोना भाइरसको परीक्षण शुल्क समेत अहिले २ हजार छ, तर पनि सरकाराले परीक्षण दर भने बढाउन सकेको छैन् ।
कोरोना भाइरसको माहामारी नियन्त्रणका लागि अत्यधिक परीक्षण आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले नै बताएको छ ।
नेपालमा सरकारले हिजो करिब १८ हजारको पीसीआर परीक्षण गरेको थियो । तर, आज झन बढाउँनुको सट्टामा घटाएर १३ हजारमा झारेको छ ।
हिजो सरकारले पहिलो पटक उल्लेख्य रुपमा देशभर १८ हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण गरेको थियो ।
तर, आज (शुक्रबार) देशभर १३ हजार ८७९ जनाको मात्रै पिसिआर परीक्षण गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।