सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

सक्रिय संक्रमित २५ हजार नाघे, सरकार चाहिँ मस्त निद्रामा

सक्रिय संक्रमित २५ हजार नाघे, सरकार चाहिँ मस्त निद्रामा

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 16.0K
    SHARES

  • सक्रिय संक्रमित २५ हजार नाघे, सरकार चाहिँ मस्त निद्रामा

     काठमाडौं -  कोरोना भाइरस केही होइन भनेर खेलाँची गर्दागर्दै नेपालमा झन्डै एक लाखको हाराहारीमा संक्रमितको संख्या पुगिसकेको छ । मृत्यु हुनेको संख्या पौने ६ सय पुगेको छ ।

    दैनिक संक्रमितको संख्या तीन हजार नाघेको छ । यही रेसियोमा बढेमा नेपालमा भारतकै जस्तो भयावह अवस्था नआउला भन्न सकिन्न । सरकारले यही रेसियोले संक्रमित बढे अस्पतालले थेग्न नसक्ने भन्दै हात उठाइसकेको छ ।

    कूल जनसंख्याको ०.००८८ प्रतिशतलाई कुनै रोगको संक्रमण हुँदा पनि उपचार गर्ने हैसियत नेपाल सरकारको रहेनछ भन्ने देखिसकेको छ । सक्रिय संक्रमित २५ हजारभन्दा माथि पुगेमा अस्पतालहरूले थेग्न नसक्ने र त्यसबेला पुनः लकडाउन गर्ने अवस्था आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले चेतावनी दिइसकेको छ ।

    नेपालमा कोरोनाले भयावह अवस्था ल्याउने भन्दै धेरैअघि सरकारलाई मिडिया र स्वास्थ्य विज्ञले घचघच्याएको हो । तर, सरकार मस्त निद्रामा रह्यो । अहिले होसमा आएको सरकार भन्दैछ, बेहोस हुन लागेमात्र अस्पताल आउनु ।

    सक्रिय संक्रमित २५ हजार नाघिसक्दा पनि सरकारले कुनै वैकल्पिक कार्ययोजना ल्याएको छैन । कतिसम्म भने उद्योग व्यवसायदेखि प्रशासनिक कामकाज मात्रै हैन, दैनिक जनजीवन नै अत्यासलाग्दो हुँदा पनि संक्रमणको असरलाई वैकल्पिक रुपमा व्यवस्थापनतिर सोच्न सकेको छैन प्रधानमन्त्रीको सचिवालय र उनको सुरक्षामा खटिएका करिब ७० जनामा संक्रमण पुष्टि भयो ।

    यसले कार्यकारी प्रमुखले गर्ने काम प्रभावित नहुने कुरै भएन । नेकपा सचिवालयको बैठकदेखि मन्त्रिपरिषद हेरफेरको तयारी पनि प्रभावित भयो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय समिति बैठक पनि नेताहरुलाई संक्रमण देखिएपछि स्थगित गरिएको छ ।

    श्रम, यातायात लगायतका कार्यालयले कर्मचारीमा संक्रमण देखिनेबित्तिकै सेवाप्रवाह बन्द गरे । शैक्षिक गतिविधि ठप्पजस्तै छ । केही क्षेत्रबाहेक अधिकांश प्रतिबन्ध खुला गरिए पनि कोरोनाको कसरी सामना गर्ने भन्नेमा योजना नै बनाइएको छ ।

    अझ कार्यकारी निकायबाटै संक्रमण सामान्य हो भन्दै हुने हल्का टिप्पणीले त झन भएको समय पनि सदुपयोग नगरेको देखिन्छ । बारम्बारको लकडाउन र निषेधाज्ञाले थला परेको बजार र जनजीवनलाई अब बन्द गरेरै बस्ने अवस्था पनि छैन ।

    तर, प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बाहिर निस्कन सकेका छैनन् । जनता कोरोनाले मरिरहेको हेर्न बाध्य छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend