काठमाडौं - स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम जुन दिनदेखि नियमित पत्रकार सम्मेलनमा आए, त्यसदिनदेखि उनी विवादै विवादमा आएका छन् । हरेक दिनको पत्रकार सम्मेलनमा उनले दिने सल्लाह र सुझाव सुनेर नेपाली जनता अवाक हुँदै आएका छन् ।
कहिले सरकारले कोरोना संक्रमितको उपचार गर्न सक्दैन भन्छन् त कहिले आफैंले सचेतना अपनाउनु भन्छन् । उनको रुखो अभिव्यक्तिले सम्पूर्ण जनता चिढिएका छन् । मंगलबार उनले दशैंमा घर नजानु, जहाँ बसेको हो त्यहीँ बसेर चाडपर्व मनाउन भने ।
बुधबार त उनले हदै पार गरे । उनले भने, होसमा अस्पताल नआउनु, बेहोस भए वा हुन हुन लागे मात्र अस्पताल आउनु भनेर लोकतान्त्रिक राज्यको खिल्ली उडाएका छन् ।
मन्त्रालयका प्रवक्ताको यो अभिव्यक्तिको बुधबारदेखि नै आलोचना हुन थालेको छ । उनले दिएको यस्तो तर्कलाई लिएर मिडिया र सामाजिक सञ्जालमा केपी ओली होसमा त छ भन्दै आलोचना हुन थालेको छ ।
पाँच महिनाअघिसम्म नेपालमा कोरोना नआउने र कोरोना आए पनि नेपालीलाई केही नहुने सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीलेसम्म बताउँदै आएका थिए ।
कोरोना रोकथाम र न्यूनीकरणका लागि कुनै काम नगरेको सरकार त्यहीबेलादेखि होसमा थिएन । तैपनि जनताले देशमा सरकार छ भन्ने भ्रम पाल्दै आएका थिए ।
तर, बुधबारदेखि स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमको अभिव्यक्तिले वास्तवमै सरकार होसमा छैन भन्ने पुष्टि भएको छ । उनको अभिव्यक्तिप्रति कार्टुन, ट्रोल, मिम्स बनाएर उडाउन थालिएको छ ।
यो पनि पढ्नुहोस्
बिरामी बेहोस हुने अवस्था आए मात्रै अस्पताल लैजानु : स्वास्थ्य मन्त्रालय
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।