काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिल बहादुर थापाले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राखेर अनशनरत डाक्टर गोविन्द केसीको माग सरकारले तत्काल पुरा गर्नुपर्नुे बताएका छन्।
नेता थापाले विज्ञप्ती जारी गरी अनशन बसेको ३ हप्ता बितिसक्दासमेत सरकार गम्भिर नभएको भन्दै गहिरो दुख व्यक्त गरेका छन्।
‘डा.गोविन्द केसीका स्वास्थ्यसँग खेलवाड गरेर सरकारले आफ्नो चरम अलोकतान्त्रिक चरित्र प्रदर्शशन गरेको छ,’ थापाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘असहमत पक्षसँग वार्ता नगरी निषेध गर्ने, निरंकुश र फासिष्ट शैली अबलम्बन गरेर नेकपा सरकारले अधिनायकवादी अनुहार स्पष्ट पारेको छ। राजनीति सधैँ भरी गणितले चल्दैन।’
उनले डाक्टर केसीको जीवन रक्षाको पनि माग गरेका छन् ‘सरकारले डाक्टर केसीको जायज मागहरु अबिलम्ब सम्बोधन गरी उनको जीवन रक्षा गरोस्,’ नेता थापाले भनेका छन्, ‘सरकारको लापरवाहीले डाक्टर केसीको स्वास्थ्य थप जटिल र खराब भयो भने त्यसको परिणाम अकल्पनीय हुनेछ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।