सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

संसद विघटन गरेर ज्ञानेन्द्रको पथमा जाँदै ओली, बाबुरामले सुइको पाएपछि आतंक !

संसद विघटन गरेर ज्ञानेन्द्रको पथमा जाँदै ओली, बाबुरामले सुइको पाएपछि आतंक !

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 67.5K
    SHARES

  • संसद विघटन गरेर ज्ञानेन्द्रको पथमा जाँदै ओली, बाबुरामले सुइको पाएपछि आतंक !

    गोरखा- नेपालक कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गम्भीर दिशामा लगिरहे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने, आपतकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेको जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले  बताएका हुन् ।

    बुधबार गृहजिल्ला गोर्खा पुगेका नेता भट्टराईले पत्रकारहरुसँग बोल्दै ओलीले देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘यसरी देश कहिलेस्म्म चल्न सक्छ ?’ अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनको दाबी छ ।

    ‘उद्योगधन्दा, व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन्, तर सरकारले समस्या समाधानका लागी ठोस निति योजना ल्याउन सकेको छैन,’ उनले भने ।

    जिल्लाको विकास निर्माणको सन्दर्भलाई जोड्दै नेता भट्टराईले पछिल्लो समय गोरखाको विकास सुस्ताएको बताए । आफू अर्थमन्त्री हुदाँ ट्र्याक खोलिएका सडकहरु हालसम्म पनि कालोपत्रे हुन नसकेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरे ।

    ‘म अर्थमन्त्री हुुँदा गोरखाको पूर्वाधार विकासमा सडक नै पहिलो हो भनेर पूर्व पश्चिम जोड्ने कोरिडोर विकास गर्ने योजनासहित ट्र्याक खोल्न शुरु गरे,’ उनले भने, ‘तर अहिलेसम्म ती सडकहरु पिच भएका छैनन् ।’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend