आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वामदेव गौतमलाई अर्को धोका

वामदेव गौतमलाई अर्को धोका

  • मिडिया डबली
  • बुधवार, आश्विन २१ २०७७

  • 6.3K
    SHARES

  • वामदेव गौतमलाई अर्को धोका

    काठमाडौं - सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतम केही दिनदेखि मौन छन् । आजसम्मको उनको राजनीतिक इतिहास हेर्दा उनी यसरी मौन बस्ने व्यक्ति होइनन् ।

    तर, समय र परिस्थितिले गौतमलाई मौन बस्न बाध्य तुल्याइदिएको छ । बर्दियाबाट प्रतिनिधिसभामा पराजित भएपछि उनको राजनीतिक भविष्य यसै संकटमा परेको थियो ।

    उनले प्रधानमन्त्री ठूलो सपना देखेका थिए । तर, पहिले नेकपा एमाले फुटाएको कलंकको टीका लागेकाले उनलाई पार्टीमा पहिलो वरीयता र सरकारको नेतृत्व दिन नेताहरूले नै चाहेका छैनन् ।

    तर, गौतमले यही कार्यकालमा सांसद बन्ने जिद्दि छाडेनन् । त्यसैले निकै ठूलो रस्सकस्सीपछि उनी राष्ट्रिय सभा सदस्यमा मनोनीत त भए । तर, त्यो पद नै दाउमा लागेको छ ।

    प्रतिनिधिसभामा पराजित भएको व्यक्तिलाई राष्ट्रिय सभामा मनोनीत गर्नु र अझ मन्त्री बनाउने चेष्टा गर्नु संविधानको भावनाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पर्यो । जुन मुद्दामा अहिले सुनुवाइ जारी छ ।

    दुई दिन मुद्दाको सुनुवाइपछि आज (बुधबार) का लागि पेसी तोकिएको थियो । तर, सर्वोच्चमा कोरोना संक्रमण फैलिएपछि अहिले १७ जना न्यायाधीश होम आइसोलेसनमा बसेका छन् ।

    त्यसैले आज वामदेवको पेसी तोकिने नतोकिने कुनै निश्चित छैन । पार्टीबाट त वामदेवलाई धोका भएकै थियो, हुँदाहुँदा अब कोरोनाका कारण समयमै मुद्दाको टुंगो नलाग्ने भएपछि अदालतबाट पनि उनले धोका पाउने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend