आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

सर्वोच्चमा कोरोना पसेपछि वामदेव गौतमलाई ठुलो धक्का

सर्वोच्चमा कोरोना पसेपछि वामदेव गौतमलाई ठुलो धक्का

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 5.8K
    SHARES

  • सर्वोच्चमा कोरोना पसेपछि वामदेव गौतमलाई ठुलो धक्का

     काठमाडौं - सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतलाई कोरोना संक्रमण देखिएको छ । सर्वोच्चले आइतबार सूचना जारी गर्दै कोरोनाकै कारण इजलास प्रभावित भएको जनाएको छ ।

    सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश पुरुषोत्तम भण्डारीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि सबै न्यायाधीश होम क्वारेण्टिनमा बस्ने भएका छन् । जसले गर्दा सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ ।

    अब कम्तीमा पाँच दिन होम आइसोलेसनमा बसेपछि मात्र सबै न्यायाधीशको पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । त्यसबेला कसैमा संक्रमण नदेखिए मात्र इजलास बस्नेछ । आज आइतबार ।

    अबको पाँच दिन बिहीबार हुन्छ । सर्वोच्चमा कोरोना छिरेपछि नेकपा उपाध्यक्ष वामदेव गौतमको आगामी बुधबारका लागि तय भएको संवैधानिक इजलासमा राखिएको मुद्दाको सुनुवाइ धरापमा परेको छ ।

    गौतमविरुद्ध परेको पेसीमा बिहीबार बुधबार र बिहीबार सुनुवाइ भए पनि सकिएको छैन । त्यसैले गौतमको पेसी अझै पर सर्दै दशैंपछि धकेलिने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ । सर्वोच्च अदालत स्रोतका अनुसार अधिकांश न्यायाधीशलाई हल्का ज्वरोसहित रुघाखोकीको लक्षण देखिएको छ ।

    sarbicha.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १५ २०७७०२:२४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend