काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवदाी पार्टीका नेता बाबुराम भट्टराईले सरकाराले महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापनमा लागेको बताएका छन् ।
नेता भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताएका हुन् । रिले अनसनमा रहेका विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई भेट्दै भट्टराईले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरासमेत रहेको बताएका छन् ।
विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारी कोभिडको बहाना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवासुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छन् । उनीहरूसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवि पत्रकाले ठूलो भूमिका खेलिरहेको बताए ।
सरकारलाई सचेत गराउन श्रमजीवि पत्रकाले गरेको जस्तो मिहिनेत राजनीतिक दलहरूले गर्न नसकेकोमा आफू लज्जित रहेकोसमेत भट्टराईले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।