काठमाडौं -आफ्नै कार्यालयकी कर्मचारीलाई बलत्कार गरेको आरोपमा जेल चलान भएर निस्केका पूर्वसभामुख कृष्ण बहादुर महरालाई नेकपाले स्थायी समिति सदस्य बनाउने भएको छ। बलत्कार आरोपकै कारण हिरासत हुँदै कारागार पुगेर बाहिर निस्केको ३१ महिनापछि उनी सक्रिय राजनीतिमा पुन आउन लागेका हुन्।
उनले सभामुखमाबाट राजीनामा दिएको ३१ महिना भएको छ। सभामुमबाट राजीनामा गरेको पनि करिब एक वर्ष भएको छ। ४५ सदस्य रहेको नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रिक्ट छ। उनै सापकोटाको स्थानमा महरालाई सदस्य बनाउने गृहकार्य भइरहेको हो।
महरालाई स्थायी समिति सदस्य बनाउने विषयमा कुनै विवाद नहुने पनि बताइएको छ। असोज ६ गते बस्ने बैठकले १० दिन भित्र पार्टी एकताको काम गरीसक्ने गरी कार्ययोजना ल्याउने अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेललाई निर्देशन दिएको थियो। प्याकेजमा पार्टी एकताको काम टुंग्याउँदा स्थायीसमिति सदस्यमा रिक्त रहेको एक पदमा महरालाई ल्याउन लागिएको हो।
संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिए। असोज १९ गते उनलाई प्रहरीले सभामुख निवासबाटै पक्राउ ग¥यो।
उनी कात्तिक १८ गते पुर्पक्षका लागि सदरखोर डिल्लीबजार पु¥याइए। त्यसपछि १ सय ३५ दिन जेलमा बसेर फागुन ५ गते काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएकै दिन महरा जेलमुक्त भए। जेलमुक्त नहुन्जेल उनको सांसद पद निलम्बनमा थियो। फागुन ६ गते सांसद पदको निलम्बन फुकुवा भयो।
पार्टीको पुरानै जिम्मेवारीमा फर्किन महराले अध्यक्षद्वय ओली र प्रचण्डसँग दुवैसँग सन्तुलित व्यवहार गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।