आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डको महरा मोह, जनार्दन शर्मा र वर्षमान पुन आगो

प्रचण्डको महरा मोह, जनार्दन शर्मा र वर्षमान पुन आगो

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 9.8K
    SHARES

  • प्रचण्डको महरा मोह, जनार्दन शर्मा र वर्षमान पुन आगो

    काठमाडौं - संसद् सचिवालयकी महिला कर्मचारीसँग यौनकाण्डमा मुछिएका माओवादी केन्द्रकानेता कृष्णबहादुर महरा पुनः राजनीतिमा सक्रिय हुन थालेका छन् ।

    पत्नी वियोगका कारण केही समयसम्म मौन बसेका महरा अहिले फेरि सक्रिय देखिन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठलाई साइजमा ल्याउन महरालाई पुनः सक्रिय बनाएका हुन् ।

    अहिले श्रेष्ठलाई हटाएर महरालाई पार्टी प्रवक्ता बनाइएको छ । जसकारण माओवादी केन्द्रमा विवाद भुसको आगोझैं भित्रभित्रै फैलिसकेको छ । कुन दिन विस्फोट हुने हो ठेगान छैन ।

    नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्न र पार्टीको नेतृत्व नदिन प्रचण्डले महरालाई मोहरा बनाएको नेताहरूबीच चर्चा छ । त्यही भएर नारायणकाजी असन्तुष्ट बनेका छन् ।

    ‘एमालेसँगको एकता बदर भएपछि नेकपाकालीन हजारौं कार्यकर्ता सम्पर्कमै नआएपछि प्रचण्ड तनावमा परेका छन् । त्यसमा पनि नारायणकाजीले कुन दिन माओवादी छाड्ने हो एकिन छैन,’ एक नेताले भने । माओवादी केन्द्रमा प्रचण्डको उत्तराधिकारी बन्न एक दर्जन नेता आकांक्षी देखिएका छन् ।

    नारायणकाजी, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा नेतृत्वमा पुग्न चाहिरहेका छन् ।

    रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी एमाले गएपछि नारायण्काजी, महरा, अग्निप्रसाद सापकोटा, जनार्दन र वर्षमान पुनमध्ये एक प्रचण्डको उत्तराधिकारीको दौडमा सामेल छन् ।

    तर, प्रचण्ड भने अग्निप्रसाद र कृष्णबहादुरमध्ये एकलाई अघि सार्ने मनस्थितिमा रहेको बताइन्छ । सोही कारण अहिले जनार्दन र वर्षमान पुन खुमलटारसँग आगो भएको बुझिएको छ । माओवादी केन्द्रमा देखिएको विवाद मंसिरमा हुने राष्ट्रिय सम्मेलनमा प्रकट हुने स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend