काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रको बेतिथि सुधारको माग राख्दै निरन्तर अनरन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदो छ। सत्ताधारीहरुले उनको बेवास्ता गर्दै आइरहेका छन्।
प्रतिपक्षी दलहरु र युवाहरुले भने डाक्टर केसीको समर्थन गर्दै आइरहेका छन्। यसैबीचमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पतालको सत्याग्रहस्थलमै भेटेर ऐक्यवद्धता जनाएका छन्।
संसोजक मिश्रले असनको १७ औँ दिन भइसकेकोले तत्काल समिति बनाएर सार्थक वार्ता गरेर केसीको जीवन रक्षाको माग सरकारसँग गरेका छन्। भूईँ मान्छेहरुको लागि एक बुँद पानीसमेत नखाई १७ औँ दिनसम्म आमरण अनसनमा बस्दा पनि सरकारले अनदेखी गर्नु गैरजिम्मेवारीको पराकाष्ठा बताउँछन् केन्द्रीय सदस्य परियार।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।