सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

साँझको बेला ओलीले भने- बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो गर्ने किन ?

साँझको बेला ओलीले भने- बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो गर्ने किन ?

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 4.6K
    SHARES

  • साँझको बेला ओलीले भने- बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो गर्ने किन ?

    काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियामाथि गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले मिडियालाई अलि कति केही सुझाव दियो भने बुरुक्क उफ्रने प्रवृति रहेको गुनासो पोखेका हुन् ।

    भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा  उनले सञ्चार माध्यमले सरकारलाई दिनहुँ गालि गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफुले एकपटक सुझाव दिँदा सहन्न भन्ने प्रवृति रहेको बताएका हुन् ।

    ओलीले भने,‘यो सञ्चार जगत यस्तो हो अरु जसलाई जे भनेपनि छुट पाइन्छ । सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नि । एसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि म सँग सञ्चारकर्मीहरु सम्पादकहरु भेटनुभयो ।

    तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो भनेर  भन्नुभयो । मैले भने तपाईहरुलाई दिनरात गालि गर्दा हुन्छ । मैले अलिकति भने भने तपाईहरु दिनरात गालि गर्ने मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो रु आफुले भनेको भन्यै गर्ने यसो नगर्नुस न भन्दा सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिएँ भने सहन्न भनिहाल्ने ।’ 

    त्यस्तै प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए । बोर्ड गठन नहुँदा सम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने गरिने उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend