आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा.केसीको स्वास्थ्य गम्भीर बन्दै छ, आँखा खोल ओली सरकार : बाबुराम भट्टराई

डा.केसीको स्वास्थ्य गम्भीर बन्दै छ, आँखा खोल ओली सरकार : बाबुराम भट्टराई

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 5.5K
    SHARES

  • डा.केसीको स्वास्थ्य गम्भीर बन्दै छ, आँखा खोल ओली सरकार : बाबुराम भट्टराई

    काठमाडौं- १९ औं सत्याग्रहको १७ औं दिनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकातर्फ ध्यानदिन डा. बाबुराम भट्टराईले सरकारलाई आग्रह गरेका छन् । 

    डा. भट्टराईले राज्यले डा. केसीका जायज माग र जोखिमयुक्त स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा भएको बताएका छन् ।

     पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता भट्टराईले बुधबार ट्वीटरमार्फत डा.केसीका जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे राज्यले कुनै चासो नदिएको बताएका हुन् ।

    baburam bhattrai.JPG

    नेता भट्टराईले भनेका छन्ः ‘अरुको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा।गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ । १९ औं सत्याग्रहको १७ औं दिनसम्म राज्यले उहाँको जायज माग र जोखिमयुक्त स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो ।’ नेता भट्टराईले सरकारलाई यो विषयमा आँखा खोल्न आग्रह गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:१५:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend