काठमाडौँ- उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरी ९०२ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कारोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । हिजो ७ सय ३१ जना संक्रमित संक्रमणमुक्त भएका थिए, हिजको तुलनामा निको हुनेको संख्या घटेको छ ।
पछिल्लो २४ घण्टामा को कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै देशभरकुल मृतकको संख्या ४ सय ९८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।