सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बुबामाथि कुटपीट घटनामा छोरा खत्रीले गरे खण्डन

बुबामाथि कुटपीट घटनामा छोरा खत्रीले गरे खण्डन

  • मिडिया डबली
  • सोमवार, आश्विन १२ २०७७

  • 8.7K
    SHARES

  • बुबामाथि कुटपीट घटनामा छोरा खत्रीले गरे खण्डन

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं दार्चुला जिल्ला अध्यक्ष गणेश खत्रीले आफ्नै बुबामाथि कुटपीट गरेको भनिएको घटनाको खण्डन गरेका छन् ।

    नेकपा नेताको लाजलाग्दो 'हर्कत', आफ्नै बाबुलाई कुटपिट गरि घर निकाला ! नेकपा नेताको लाजलाग्दो 'हर्कत', आफ्नै बाबुलाई कुटपिट गरि घर निकाला !

    अध्यक्ष खत्रिले यो समाचारमा कुनै सत्यता नरहेको जानकारी दिएका छन् । खत्रिले आफ्नो बुबालाई कुटपीट गरेको समाचारप्रति आफै अचम्मित भएको बताएका छन् । 

    अध्यक्ष खत्रिले आफ्नो प्राकृतिक कारणले विवाहपछि छोरा नभएको र १५ बर्ष अघि आफुलगायत तीनभाइलाई बुबाले नै मालपोत कार्यालय दार्चुलामा गई हक अंश छुट्याई सकेको बताएका हुन् । 

    त्यस्तै उनले आफ्नो अंश पाएको घर सम्पत्ति खर्च गरिसकेको र हाल विवाहित एउटै छोरी अरुणा बडालको घरमा बस्दै आएको बताएका छन् । 

    तर, एक्कासी १५ वर्षपछि आफ्ना बुबा र नेपाली कांग्रेसका महासमिति सदस्य मदन गिरी छोरीको घरमा आएर तैले तँसंग भएको घर सम्पत्ति मेरो छोरा उमेश लाई दिनु पर्छ र छोरा नभएको मान्छेले सम्पत्ति लिनु हुदैँन भनी आफुलाई गाली गर्न थालेको उनको भनाइ छ ।

     यसबीच नेता मदन गिरीले अध्यक्ष खत्रिका बुबाको हात समातेर उक्त घरबाट बाहिर लगेको उनले बताएका छन् । तर, यो घटनालाई कलोकल्पित रुपमा विना आधार जिल्ला अध्यक्ष भएकै आधारमा भ्रमात्मक समचार सम्प्रेण आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै घोर भ्रत्सना गरेका छन् ।

    त्यस्तै उनले सो समाचार सम्प्रेषण गर्ने पत्रिकालाई आवश्यक कानुनी कार्वाहीको लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै उक्त समाचार प्रति विश्वस्त नरहन आग्रह समेत गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०८:३३:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend