काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कोरोना भाइरसको माहामारीका बेला जनताका लागि कोही नभएको टिप्पणी गरेका छन् ।
नेता भट्टराईले माहामारीका बेला सत्ताधारी पार्टीका शीर्ष नेता सरकारमा भागबण्डाको गलफत्तीमा रहेको र जनताप्रति कुनै चासो नराखेको बताएका हुन् ।
त्यस्तै उनले, प्रमुख प्रतिपक्षी दलले समेत कुनै भुमिका नखेलेको बताएका छन् । नेता भट्टराईले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता पार्टीभित्र भागबण्डाको रडाकोमा लागेको बताएका हुन् ।
सरकार र प्रतिपक्षले जनतालाई कोरोना महामारीबाट बच्न पशुपतिनाथको भरमोको टिप्पणी गरेका छन् । उनले बेरोजगार श्रमिक र विपन्न जनता आँसु बगाउँदै सडकमा रहेको र बलात्कृत चेलीहरू पंचायती फन्दामा रहेका बेला समेत सरकारले केही गर्न नसकेको टिप्पाणी गरेकाछन् ।
नेता भट्टराईले ट्विटरमा भनेका छन्, 'सत्ताधारी पार्टीका शीर्ष नेता सरकारमा भागबण्डाको गलफत्तीमा!प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता पार्टीभित्र भागबण्डाको रडाकोमा!कोरोना महामारीबाट पीडित पशुपतिनाथको भरमा! बेरोजगार श्रमिक र विपन्न जनता आँसु बगाउँदै सडकमा! बलात्कृत चेलीहरू पंचायती फन्दामा!डा के सी एक्लै अनसनमा!हामी कता ?'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।